मलाई यस सुन्दर सृष्टिमा टेक्न सिकाउनेलाई
मेरा कलिला हात समाई अघि बढाइदिनेलाई
आफू जल्दै मेरो जीवन प्रज्ज्वलित बनाइदिनेलाई
जीवनका हरेक प्रतिकूलतासँग लड्न सिकाउनेलाई
हरेक प्रेरणाको श्रोत, तपाईं नै हो सबैभन्दा निकट साथी
मिहिनेती र संघर्षशील ती हात सधैं रहोस् मेरो शिर माथी
सुख, शान्ति, सुस्वास्थ र दीर्घायुको
गर्दैछु म कामना
बुवा हजुरलाई जन्मदिनको लाखौंलाख शुभकामना ।
- चक्रपाणी भण्डारी
इति सम्वत् 2077 श्रावण महिना 04 गते श्रावण कृष्ण चतुर्दशी रोज ०१ शुभम् ।

0 Comments