यहि चाहना कामना

आत्माको शुभकल्पना हरघडी, सिद्धै हुने जो गरोस् ।

क्या राम्रो ! शुभपात्र यो भनिकनै, राज्य प्रसंशा गरोस् ॥

लक्ष्मी दाहिनि जो बनेर घरमा, सेवा सबैको गरे ।

सेवा कोषमहाँ थपेर रकमै, कृति त राख्ने भए ॥

            ॥१॥

छोटो जीवन यो बुझेर तिमिले, दीर्घै हुने काम जो ।

गर्दै जाउ सधै हुनेछ सफलै, सत्कार्यको काम जो ॥

प्राणी मात्र महाँ महेश हरिनै, यही सम्झिदा सम्झिदै ।

सारा लोक महाँ सुवास छरिने, यो लोक गोलोकमै ॥

            ॥२॥

सेवा राज्यमहाँ गरेर जगमा, मग्मग् हुने जो भए ।

सारा मानवको सधै नजरमा, नानी बनेरै रहे ॥

राज्यको गहना भनेर सबले, चिन्ने गरुन् है सधै ।

हाम्रो आशिक जो पिता जननीको, यही सम्झना है सधै ॥

            ॥३॥

मेरो आत्मा महाँ छ आश अति नै, संस्कार र संस्कृतिमा ।

ज्योतिषि हुनमा छ आङ्गल यहा, भाषा सिके लोकमा ॥

साराको दिलमा निवास गरदै, जसको उसै आशमा ।

भाषाको चलनै गरेर तिमीले, सेवा गरे लोकमा ॥

            ॥४॥

मेरा सङ्कलितै कितावहरुका, आँखा नभिझ्ने गरुन् ।

आँखाको जल पुछ्नमा अधिकनै, कान्छा अगाडी बढुन् ॥

हस्तेमा हमनै गरेर रहने, दामोदरैले गरुन् ।

मेरो आश पुरा हुनेछ जगमा, यही काम छोरा गरुन् ॥

            ॥५॥

आशिर्वाद

हाम्रा सन्ततिमा कुनै दिन पनि, कौनै न चोटै परोस् ।

प्राणी मात्रमहाँ समान रहने, आत्मा सबैको बनोस् ॥

श्री राधा हरिमा सधा हरघडि, भक्ति हुने कामना ।

हाम्रा सन्ततिमा अखण्ड रुपमा यही चाहना कामना ॥

            ॥६॥

अन्त्यमा,

मेरा जो रचना सुधार गरदै, प्रकाश कान्छा गर ।

साहित्य रचना गरेर रहने, मेरो मनै हो तर ॥

लाग्यो चोट खुबै अमिट रुपले, उठ्नै नसक्ने गरी ।

हिर्कायो रथमा विमोचन दिनै, वैदिक चेलो अरी ॥

            ॥७॥

संजातः

Post a Comment

0 Comments