समाज एवं आध्यात्म तर्फ

तिरासी लाख उनान्सय हजार नौ सय उनान्सय विभिन्न भोग योनी व्यतित गरे उप्रान्त प्राप्त भएको मानव योग योनीमा आएपश्चात गरिएका कृत्य कर्महरु निम्न प्रकार छन्।

लालयेत् पञ्चवर्षाणी, पाँच वर्ष मातापिताको काखमा खेलवाडमा व्यतित

शिक्षा आर्जन

  • सत्यवती ६ ढावको गुरूकुलीन पाठशालामा अक्षराम्भ, सप्तसती चण्डी देखि बाह्र अध्याय यजुर्वेद अध्ययन, 
  • स्कुलीय शिक्षा सत्यवती ६ चेघा ज्ञानोदय प्रा.बि. मा कक्षा ५ सम्म अध्ययन, 
  • तत्कालीन श्री राधा दामोदर मन्दिर छम्दिमा कर्मकाण्डको अध्ययन, 
  • श्री राधा दामोदर संस्कृत विद्यालय साँखर केलादी स्याङ्जामा कक्षा ६,७,८ संस्कृतमा अध्ययन, 
  • श्री माधव संस्कृत महाविद्यालय गोबर्धन मथुरा उत्तरप्रदेश भारतमा पूर्वमध्यमा प्रथम खण्डदेखि शास्त्री सम्मको अध्ययन

शैक्षिक सेवा

  • २०४०/१०/०३ देखि रुद्रावती मा.वि. मा सेवा प्रवेश, २०४४/०५/३० सम्म,
  • २०४४/०६/०२ शारदा मा.वि. रुपाकोट (हाल चन्द्रकोट गा.पा.)मा २०५३/०१/२४ सम्म अध्यापन
  • २०५३/०१/२५ देखि २०७५/०७/३० सम्म चिदीपानी मा.वि.मा अध्यापन सेवा गरेर २०७५/०८/०१ देखि शैक्षिक सेवा निवृत्त जीवनयापन

अध्यात्म तर्फ प्रभावको स्रोत

पूर्व प्राथमिक शिक्षा गृहपाठशालामा, बोल्ने, हास्ने, ढोगभेट गर्ने, सानालाई माया गर्ने, ठूलालाई ढोगदर्शनबाट आदर गर्ने जस्ता पाठ मातापिता र दाजुहरुबाट प्रयोगात्मक रुपमा सिक्ने अवसर प्राप्त,
माताजीले वर्षान्तरगत पर्ने सबै पर्वहरुमा उपवास रहने, नौ वर्षसम्म लगातार प्रतिवर्ष कार्तिक महिनाभर उपवास गरी आकाशदीप प्रज्वलन र आगन्तुक अतिथि परिचित वा अपरिचित दुबै पक्षलाई भगवानको रुपमा सेवा गर्ने आमाको व्यवहार, पिताजीले भत्केबिग्रेको बाटो, कुलो आफूबाट सम्भव भएसम्म गृहकार्य छोडेर समेत लागि पर्ने दुखि निमुखा वर्गलाई जे चिज दिएर उस्को कल्याण हुन्छ, आफूसँग भएको चिजबाट सहयोग गर्ने परोपकार कार्यमा निस्वार्थ भावले लागिपर्ने यस्ता मातापिताको उदार चरित्रबाट प्रवाभित भएर विभिन्न व्रतहरु गर्ने गाउँगाउँमा हरिनाम संकृतनको महत्व बुझाउदै यज्ञयागादी गर्दै गराउदै अध्यात्म प्रेमी बन्धुहरुलाई समेटी देवालय, शिवालय, विद्यालय मर्मत गर्ने देखि लिएर जनजनमा धार्मिक चेतना जगाउने कार्यमा सरिक हुँदै परोपकार पुण्याय पापाय परपिडनम् भन्ने शास्त्रोक्त नीतिलाई व्यवहारमा उतारी यथासम्भव समाज सेवा गर्ने लक्ष्य पूरा गर्न भगवानको कृपा नागरिकको आशिर्वाद मिलोस् यहीँ कामना गर्दछु । 
-जय मातृभूमी

यस पोष्टका बारेमा आचार्य धनञ्जय भण्डारीको सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियाः

Post a Comment

1 Comments

  1. जय शम्भो,
    धेरै राम्रो काम

    ReplyDelete