राज्य वाहक प्रतिनिधिलाई सुझाव तथा
प्रश्न
हाम्रो राष्ट्रियता कता तिर गयो;
धर्मै कता गो कता?
हाम्रो संस्कृति यो कता तिर गयो;
आर्यत्व गो त्यो कता?
शिक्षा नैतिकता कता तिर गयो; आदर्श
त्यो गो कता?
भुल्नैहुन्न कदापि संस्कृति छटा;
आफ्नो स्व आदर्शता ॥
॥१॥
सम्माननीय प्रधानमन्त्री, माननीय
मन्त्री, सांसदहरु ज्यू !
नेपाल आमाको नाम निशाना, संस्कृति,
परम्परा, मेटिन्छ कि भन्ने पीडाले राष्ट्र चिन्तक नेपाली नागरिकलाई पिरोलिरहेको छ
। एकातर्फ विश्वब्यापी ब्याधीले दिन भोक, न राति निद गराएको छ । अर्को तर्फ
राजनैतिक खिचातानी र नेता हास्ने जनता रुने शासन प्रणालीले वाक्क बनाएको छ ।
राष्ट्रवाहकहरु ज्यू ! स्मरण
रहोस्
राष्ट्र राष्ट्रियता धर्म;
संस्कृति पहिचान हो ।
मेटाउने महामूर्ख, राष्ट्रद्रोहि
पिसाच हो ॥
॥२॥
वासना मनमा राखि; पुर्खाका बलिदानको
।
राष्ट्रमा नबनौं जान्ने, पुर्खा
भन्दा पनि ठूलो ॥
॥३॥
साना टुक्रे खिनाउटे, पुड्के
नामर्द झै बनी ।
विशाल राष्ट्र टुक्र्याई, लुछ्नु
हुन्न कसै गरी ॥
॥४॥
टुक्राटुक्रा हुदै जान्छ, नासिने
मान्छेको मति ।
फुटेको पनि जोड्ने हो, राष्ट्रसेवकको
नीति ॥
॥५॥
छोटा राज्य बनाएर, भागबण्डा गरेपछी
।
खोसी पराईले लान्छ, साना राज्य
भएपछी ॥
॥६॥
जुटेर गर संघर्ष, मिलेर गर शासन ।
लानेछ टुक्रिए तिम्रो, पाएको
श्रेष्ठ आशन ॥
॥७॥
गीताका सारथी कृष्ण; साथी अर्जुन
कै सरी ।
नेपाली राष्ट्रका वीर; हुनुहुन्न
मरे सरी ॥
॥८॥
झण्डा छ हातमा तिम्रो; खुकुरी
स्वाभिमानको ।
देखाउ रणमाशान; गर्जदै
राष्ट्रवादको ॥
॥९॥
हिन्दू राष्ट्र नमेटाउ; नेपाली जन
हौ भने ।
निर्घिनी नबन नेता; हिन्दू सन्तती
हौ भने ॥
॥१०॥
अन्त्यमा, राष्ट्रवाहकहरुको राज्य
र नागरिक प्रति अभिन्नात्माको रुपमा सुशासन सहित अपरम्पार श्रद्धा प्रेम बढोस् । यही
कामना गर्दछु ।
जय मातृभूमी !
1 Comments
दर्शन गुरु!
ReplyDelete