आज मिति २०७७ साल कार्तिक ३० गते रविबारको दिन परेको छोरा दामोदर भण्डारीको जन्मदिनको सुखद उपलक्ष्यमा उनको सुस्वास्थ्य, सुशान्ति एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै समर्पित कविता ।
छन्दः शार्दुलविक्रिडित छन्द
रचनाः २०७७ कार्तिक ३० गते, दिवा ४ बजे
शिर्षकः "हाम्रो छ यो कामना" ।
हे दामोदर हो, पिता जननीको, संकष्ट हर्ने गरी ।
सम्बत् साल बयालिसै जनम भो, महिना भयो कात्तिकी ॥
अन्तीमै दिन हो मसान्त भनिने, माता पितामा सधै ।
आनन्दै दिनमा सदारत हुने, छोरा भयौ नि खुबै ॥
॥१॥
शान्तिको झरना सदा हरघडी, दामपत्य आनन्द नै ।
आज्ञापालक नै बनेर रहने, नाति बनोस् है सधै ॥
ब्याधीले कहिले कुनै दिन पनि, प्यारा परिवारमा ।
संकष्टै नहुने सदा हरघडी, हाम्रो छ यो कामना ॥
॥२॥
0 Comments