सम्पूर्ण आमाहरु प्रति समर्पित

मातातिर्थ औंशीको उपलक्ष्यमा सम्पूर्ण आमाहरु प्रति समर्पित कविता

छन्दः अनुष्टुप छन्द, कविताको शिर्षकः 
"आमा भन्दा ठूला हुन्नन्; देवता पनि लोकमा"

आमा भन्दा ठूला हुन्नन्; देवता पनि लोकमा ।
आमाले धारणा गर्छिन्; नौ महिला उनि पेटमा ॥
                    ॥१॥
प्रसुति वायुले धक्का; दिँदा जन्म गराउँछिन् ।
प्राण कै अडना राखी; जन्माउने ति गर्दछिन् ॥
                    ॥२॥
छातीको रसपानद्वारा; पेट भर्ने गराउँछिन् ।
बच्चाको मुत्रमा सुती; ओभानूमा सुताउँछिन् ॥ 
                    ॥३॥
शरीर माडमुड् पारी; सेवा दिने तिनी आमा ।
मिठो चोखो मिलेमाहाँ; काख च्यापी दिने खाना ॥
                    ॥४॥
बाबुनानी यति खाउ; फकाएर खुवाउने ।
जननी जन्मदातृ हुन्; दैवभन्दा पनी ठूली ॥
                    ॥५॥

येनमातापिता, सेवयापूजितौ ।
तेनमन्दिरे पूजा कृतावानवा ।

यस्ता माता पितालाई; सुश्रुषा गरने गरे ।
बैकुण्ठ स्वर्गको ढोका; खुल्नेछ निश्चय गरे ॥
                    ॥६॥

वर्तमान दुःखको कुरा, 
विसंगति विडम्बना; वृद्धाश्रम्‌मा पठाउने ।
आफ्ना छोरा छोरीलाई; काख च्यापी रमाउने ॥
                    ॥७॥
भोली त्यो मार्गमा जानु; पर्नेछ तिमिले बुझ ।
आमाबाबु लखेटेर; तिमी पनि उहीँ कुँद ॥
                    ॥८॥
तिम्रो देखासिकी तीम्रै; सन्तानहरुले गरी ।
भगाउँनेछन् वृद्धाश्रम्‌मा; रुनुपर्ला खुबै पछि ॥
                    ॥९॥
तसर्थ कहिल्यै हुन्न; माताको आँशु नै पिन ।
ऐश्वर्य स्वर्गको ढोका; माता सेवा गरीचिन ॥
                    ॥१०॥
                    समाप्त

सम्पूर्ण आमाहरु प्रति समर्पित

Post a Comment

0 Comments