उज्यालो सवमा सधै छरिदिने,सद्ज्ञान दर्शाउने ॥
तेस्तो वत्ति थियाे यसै भुतलमा,ज्ञानै विवेकै थियो ।
सत्मार्गै पथमा समान गरने,त्यो वत्ति निभ्दै गयो॥
॥१॥
साह्रै सन्त थियौ विवेक गुरु जी,आनन्दका सागर ।
भक्तैमा मधुरै मिठास रसका,ज्ञानै दियौ गागर ॥
मेरो आत्म खुवै विदीर्ण हुनगो,हाम्रो वियोगै हुँदा ।
यो मेरो मनयो बुझाउँ कसरी,एक्लो गरायौ सदा ॥
॥२॥

0 Comments