माता पार्वतिको शुभाशिष तिमी, सद्ज्ञानका सागर।
त्यो आत्मै दिलमा शुभाव भरिदै, बन्यौ तिमी गागर॥
धैर्य धारण नै गरेर रहने, शक्ति छ त्यो आत्ममा।
मेरा सद्गुरु नै भयौ दिल महाँ, यै भन्छु चक्क्रू यहाँ॥
॥१॥
केही आचरणै महाँ कमी हुँदा, ज्ञानै दिने गर्दछौ।
वैरीता डननै गरे यदि भने, जो धैर्यता धर्दछौ॥
हे बाबा पिर कत्ति नमानिकन जो, धैर्यै धरेमा जहाँ।
श्री राधा हरिको कृपा हुनि छ है, भन्छौ नि बाबू यहाँ॥
॥२॥
मेरा खातिरमा कुभाव धरदै, जस्ले हिँडेका थिए।
निन्दाको शिरधारणै गरिकनै, मै धैर्यतामै रहेँ॥
त्यै सारा फल हो शुभाव धरदा, ऐश्वर्य मिल्दै छयो।
निन्दा नै उनले सदा गरिरहुन्, नासै उनैको भयो॥
॥३॥
वैरीनाश हुने व्यभार उनकै, जस्तै नबन्दा यहाँ।
ऐश्वर्यै यशको विकास हुनि हो, जो धैर्यताले जहाँ॥
जस्ले अख्खनि जो गरे यदि भने, नाशै उनैको हुनी।
शान्ती सम्पति हो मनुष्यहरुको, भन्छौ नि छोरा तिमी॥
॥४॥
0 Comments