राज्य वाहक प्रतिनिधिलाई सुझाव तथा प्रश्न


राज्य वाहक प्रतिनिधिलाई सुझाव तथा प्रश्न

हाम्रो राष्ट्रियता कता तिर गयो; धर्मै कता गो कता?
हाम्रो संस्कृति यो कता तिर गयो; आर्यत्व गो त्यो कता?
शिक्षा नैतिकता कता तिर गयो; आदर्श त्यो गो कता?
भुल्नैहुन्न कदापि संस्कृति छटा; आफ्नो स्व आदर्शता ॥
॥१॥

सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री, सांसदहरु ज्यू !
नेपाल आमाको नाम निशाना, संस्कृति, परम्परा, मेटिन्छ कि भन्ने पीडाले राष्ट्र चिन्तक नेपाली नागरिकलाई पिरोलिरहेको छ । एकातर्फ विश्वब्यापी ब्याधीले दिन भोक, न राति निद गराएको छ । अर्को तर्फ राजनैतिक खिचातानी र नेता हास्ने जनता रुने शासन प्रणालीले वाक्क बनाएको छ ।
राष्ट्रवाहकहरु ज्‍यू ! स्मरण रहोस्
राष्ट्र राष्ट्रियता धर्म; संस्कृति पहिचान हो ।
मेटाउने महामूर्ख, राष्ट्रद्रोहि पिसाच हो ॥
॥२॥

वासना मनमा राखि; पुर्खाका बलिदानको ।
राष्ट्रमा नबनौं जान्ने, पुर्खा भन्दा पनि ठूलो ॥
॥३॥

साना टुक्रे खिनाउटे, पुड्के नामर्द झै बनी ।
विशाल राष्ट्र टुक्‌र्‍याई, लुछ्नु हुन्न कसै गरी ॥
॥४॥

टुक्राटुक्रा हुदै जान्छ, नासिने मान्छेको मति ।
फुटेको पनि जोड्ने हो, राष्ट्रसेवकको नीति ॥
॥५॥

छोटा राज्य बनाएर, भागबण्डा गरेपछी ।
खोसी पराईले लान्छ, साना राज्य भएपछी ॥
॥६॥

जुटेर गर संघर्ष, मिलेर गर शासन ।
लानेछ टुक्रिए तिम्रो, पाएको श्रेष्ठ आशन ॥
॥७॥

गीताका सारथी कृष्ण; साथी अर्जुन कै सरी ।
नेपाली राष्ट्रका वीर; हुनुहुन्न मरे सरी ॥
॥८॥

झण्डा छ हातमा तिम्रो; खुकुरी स्वाभिमानको ।
देखाउ रणमाशान; गर्जदै राष्ट्रवादको ॥
॥९॥

हिन्दू राष्ट्र नमेटाउ; नेपाली जन हौ भने ।
निर्घिनी नबन नेता; हिन्दू सन्तती हौ भने ॥
॥१०॥

अन्त्यमा, राष्ट्रवाहकहरुको राज्य र नागरिक प्रति अभिन्नात्माको रुपमा सुशासन सहित अपरम्पार श्रद्धा प्रेम बढोस् । यही कामना गर्दछु ।
जय मातृभूमी !





Post a Comment

1 Comments