गुरू रेवतीरमण पौडेलज्यूको तर्फबाट

 आदरणीय गुरु देवकी नन्दन भन्डारी ज्यू !

सादर नमन !!!
मलाई प्रेमपूर्वक " अध्यात्म चन्द्रीका " र " सर्वेश्वर दर्पण -२०७५" दिनु भएकोमा आभार !
गहन आध्यात्मिक दर्शनमा आधारित यी दुवै संकलित पुस्तक पढेर / बुझेर त यति छिट्टै के सकिन्थ्यो र ! बिहंगम दृष्टीले हेर्दा यहाँले अन्य विद्वान हरुका भावनालाई यथोचित स्थान दिएर जुन संग्रह प्रकाशित गर्नुभएकोछ त्यो अति उत्तम कार्य संपन्न भएको छ !यसले आध्यात्मिकतामा रुचि राख्ने सबै पाठकलाई चेतना अभिबृद्धी गर्न सहयोग गर्नेछ भन्ने मैले विश्वास लिएको छु !
अब प्रकाशन गर्न चाहना राख्नु भएको मौलिक " गुल्मी तिर्थ परिचय " नामक कृति प्रकाशित हुनेछ र यो गर्भस्थ पुस्तक पर्यटन प्रवर्द्धनमा सहयोगी हुनेछ भन्ने विश्वास लिई मेरो बिचार समेत राख्न चाहेको छु !
प्राचीन गुल्मी राज्य रिडी खोला देखि पूर्वोत्तर बडी घाट देखि पश्चिम हालको अर्घाखाँची समेत हुनुपर्छ ! बडीघाट देखि पूर्वको भाग म्याग्दी खोला संम बाग्लुङ र तेस उता पर्वत राज्य थियो जुन मुस्ताङ समेत पर्छ ! अहिले पर्वत नाम दिईएको जिल्ला त उबेलाको पैयुँ राज्य हो !मैले जान्दा संम पनि हाम्रा बाजेहरु पर्वत गएर आएको वा जाने भन्थे, त्यो म्याग्दी मुस्ताङ हो हालको !
पाल्पाको शीतकालिन राज्धानी बुटवलको फुलवारी भए जस्तै पर्वतको बेनी थियो , ठूला नदीलाई नै सीमा मानिन्थ्यो ! यो यति सीमा बारे चर्चा गर्नुको मेरो उद्देश्य के भने अब प्रकाशित हुने पुस्तकले " गुल्मी को सेरोफेरो तिर्थ यात्रा मेरो " भन्दै छर छिमेकी लाई समेत समेटियोस् भन्ने आशय हो ! ऋषि केशव पाल्पामा भए पनि गुल्मी र स्याङ्जाको संगममा र सेतीबेणी शिला स्याङ्जा तिरभए पनि गुल्मी र पर्वतको संगममा अबस्थित छ , तेसैले सेरोफेरो नाम राखी सबै समेटियोस् भन्दै मेरो भनाई अन्त्य गरें !ॐ ! राधे ! राधे !!!

Post a Comment

1 Comments

  1. You can select which design you like best – a strong object that may be} taped or tacked to the table or a design with a coin hole on the bottom so have the ability to|you presumably can} insert cash and add weight to the cable holder. Your headphones and laptop aren’t the one items of technology that should CNC machining profit from your 3D printer. For those of you who like to cook or simply know somebody who loves to cook. Whoever it's doing the cooking, they want one of these in their kitchen.

    ReplyDelete