आत्माराम सदा सुशान्त दिलका; आत्मा निवासी थियौ।
भोला शंकरको सदा हरघडी; नामै जपेका थियौ॥
विद्यार्थीहरुको दिलै भरिदिने; ज्ञानै दिएका थियौ।
सारा इष्टसखा समाज सबका; ज्योती कहाँ गै गयौ॥
॥१॥
हाम्रो सत्यवती भयो अब यहाँ; टाके टुहूरा सरी।
आत्माराम गुरो अभाव यसले; धक्का दियो बेस्सरी॥
कैलासै पुरिमा बसेर गुरुले; श्री शम्भुको साथमा।
आनन्दै लिनुभो गुरो हजुरले; हामी दुःखी छौँ यहाँ॥
॥२॥
ज्योती हौ दिलका कहाँ किन गयौ? हामी दुःखीतै भयौँ।
लक्ष्मी मेडमको पिडा नयनले; देख्नै नसक्ने भयौँ॥
हे अम्बे जननी लुकाई अहिले; हाम्रा गुरु लै गयौ।
आत्माको दिपकै धिपिक्क हुनगो; ज्योती कहाँ गै गयौ॥
॥३॥
हाम्रो पुण्यभुमी छ सत्यवती नै; यो राष्ट्रको नाम हो।
त्रेतामा छ तपोधना बुझिलिँदा; भर्याङ
द्धापर भयो॥
नैपाली कलिमा छ नाम यसको; नेपाल
महात्म्येमा।
प्रमाणै मिलिगो पुराण यसको; ढुक्कै बनौँ सबजना॥
॥४॥
यस्तो पावन यो सुरम्य भुमिको; बासै
मिलेको हुँदा।
कैलाशै रमना अवश्य हुनगो; आत्मा जिवात्मा सदा॥
साह्रै झल्झलनै थियौ हरघडि; हर
आत्ममा रम्दथ्यौ।
आँखाका नयनै बनेर अहिले; ज्योती कहाँ गै गयौ॥
॥५॥
रचयिताः देवकीनन्दन
शरण भण्डारी
देवदह-७,
रुपन्देही
लुम्बिनी
प्रदेश, नेपाल
0 Comments