श्री वैष्णोदेवी मन्दिर श्रीमद्देवीभागवत महापुराण ज्ञान महायज्ञ, २०७९

 (page 1)

त्वं वैष्णवी शक्ति रनन्तवीर्या

श्री वैष्णोदेवी मन्दिर

सत्यवती गा.पा.६ ढाब (खल्लुकरुख) गुल्मी

श्रीमद्देवीभागवत महापुराण ज्ञान महायज्ञ, २०७९

हिन्दूधर्म संरक्षण कार्यका दक्षकर्ता श्रीमद्देवीभागवत महापुराणका अन्वेषक, मृदुभाषी, सन्त समाजका अध्यक्ष यतिराज श्री श्री श्री १००८ ज्ञानानन्द सरस्वतीजी महाराज एवं सन्त शिरोमणि परिब्राजकाचार्य श्री श्री श्री १००८ विवेकानन्द सरस्वतीजी महाराजको समुपस्थितिमा यज्ञाचार्य पण्डित श्री चेतराज कण्डेलज्यूको मुखारविन्दबाट संगीतमय प्रभावकारी कथा प्रवचन हुनेछ ।

यज्ञस्थल परिचय

यो भूमि गौचरन थियो, यहाँ केहि स्थानीय महानुभावबाट अतिक्रमण गर्ने काम भयो, स्थानीय नेतृत्व गरिने

व्यक्तिबाट किर्ते मुचुल्का उठाई व्यक्तिगत भूमि ठहर गराउने पहल भयो, यस्तो भीषण अवस्थालाई चिरफार गरेर गाउँपालिकालाई रंगशाला, आध्यात्मिक जनसमुदायलाई आश्रम स्थापना गरी बहुजन हिताय मनोकामना पूर्ण गराउने कार्य यस संस्थाका संस्थापक श्री कर्णबहादुर (खत्री) भण्डारीबाट भएको छ।


(page 2)

नमो देव्यै महादेव्यै शिवायै शततम् नमः

ॐकार परिवारमा निमन्त्रणा

संसारी जनको लागि, उद्दार हेतुले यहाँ ।

गरिने यज्ञ यो हाम्रो, आउनु ज्ञान लिन या ॥

 ॥१॥

मिति २०७९ साल जेष्ठ २१ गते देखि २९ गते सम्म सञ्चालन हुने नवाह यज्ञमा नेपाल सन्तसमाजका अध्यक्ष हरिहर सन्यास आश्रमका पीठाधीस श्री श्री श्री १००० ज्ञानानन्द सरस्वतीजी महाराज एवं दुर्गा पाञ्चायन परमानन्द सन्यास आश्रमका मठाधीस श्री श्री श्री १००८ सन्त शिरोमणि परिब्राजकाचार्य विवेकानन्द सरस्वतीजी महाराजबाट सम्बोधन गरिने महायज्ञमा यज्ञाचार्य पं. श्री चेतराज कण्डेलज्यूबाट संगीतमय कथा प्रवचनको साथ विभिन्न विभागमा वरणीय गुरुहरुबाट गरिने राष्ट्रशान्ती कल्याण हेतु कार्यक्रममा आफ्नो टोल छिमेक समेटी यज्ञमा आई ज्ञानार्जन गर्नुहुन सादर अनुरोध गर्दछौं ।

अनुरोधक

यज्ञ आयोजक मूलसमिति

सत्यवती ६ ढाव (खल्लुकरूख) गुल्मी

हरि ॐ


(page 3)

२०७९ जेष्ठ शुक्ल पञ्चमी देखी त्रयोदशी तिथि सम्म सञ्चालन हुने नवाह यज्ञमा उपस्थित भई हिन्दू धर्म संरक्षणार्थ एवं बैष्णोदेबी आश्रम सुसम्पन्नार्थ हजुरहरुको तन, मन, धन वचन र जिन्सीको सहयोगबाट वैदिक धर्म संरक्षण कार्यमा उर्जा थप गरि मन मस्तिष्क उज्यालो गराउनु हुनेछ ।

शरणागतदीनार्त परित्राण परायणे

जगत जननी नारायणी खुसी भएपछी विश्वनै खुसी रहन्छ भन्ने श्रीमद्देवीभागवतको भनाई अनुसार वैष्णोदेवी आश्रम स्थापित गरिएको हो । यहाँ तन मन धन र वचनले सेवा गर्दा आफू र आफ्ना कुल बंशजको उद्धार हुनेमा दुईमत रहनेछैन ।

आगच्छन्तु महाभागा: सर्वे हिन्दव: सज्जना:

ज्ञानामृत पिवानार्धः सर्वेकल्याण दायक: ॥

॥१॥

सबैमा हातजोडेर, गरिने यज्ञ हो यहाँ ।

सत्यको रकम दान, माग्दछ समिति यहाँ ॥

॥२॥

हरि ॐ


Word file डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

Post a Comment

0 Comments