कता गयो?

हिन्दु धर्म कता कता तिर गयो; हामी गयौँ के कता

हिन्दुको तनमा बिनाश हुनगो; चोटी जनै बेपता ॥ 

लेख्ने छौं अहिले विधान जगमा; राष्ट्रिय हिन्दुत्वनै । 

आफ्नै भेष टुपी समाल्न नसके; गर्छौ गफै के कति॥

॥१॥

 

हाम्रो सम्पति हो यसै शरीरमा; चोटी जनै यै भयो। 

यस्को संरक्षणै नगर्ने जनता; हिन्दु विरोधी भयो॥ 

माताको शिरमा सदासर्वदा; बस्त्रै रहेमा भलो। 

साडी नै पहिरे चटक्क हुनियो नेपाल मातृ थलो॥

॥२॥

 

राधेश्याम भनौ सदा हरि हरै; यिनमा लगाउँ मन।

हाम्रो यो अभिवादनै रहिरहोस्; जैमातृ भूमि भन॥

हे बाबा जननी यसै धरतीका; सन्तान हौँ है बुझौँ। 

नेपाली जननी शराप नदिउन्; दिलमा यि शब्दै गुनौं॥

॥३॥

 

मम्मी ड्याड यि शब्द घरमा; सुन्नै नपर्ने बनौं।

माता श्री जननी पीता घरमहाँ; बच्चा भनाउने गरौं॥

राधाकृष्ण भनी यि बालहरूमा; सीता हरि पार्वता। 

भोला शंकर नै यि नाम धरदा; होला पछि मुक्तिता॥

॥४॥

 

नेपाली सुरुवाल नै पहिरदा; दौरा हुने सुन्दरै।

टोपी यो शिरमा लगाउनि हुँदा; नेपाल झल्किन्छनै॥ 

अध्यात्मै पथका पथिकहरूमा; मेरो छ यो बन्दना।

नेपाली रूपधारणै गरिकनै; लागौँ सबै कर्ममा॥

॥५॥

 

नेपाली अनुहारमा झलकता; हामी समर्पण गरौं। 

भेदा भेद सबै विनाश गरर्दै; एकात्मतानै बनौं॥

ॐकारै परिवारको घरमहाँ; आहार शुद्वै गरौं। 

शुद्वै भोजनले सप्रिन्छ मनयो; ज्यानै नखाने गरौं॥

॥६॥

 

आत्माकै तुलना गरेर सबले; आत्मा परात्मा चिनौं। 

आत्माको पहिचानले सरलता; जन्मिन्छ यै नै बुझौँ॥ 

शुद्धाभाव भयो भने मुलुकमा; विकास सद्भावना। 

धर्मै संरक्षणै गरेर रहलान्, नेपाल सन्तानता॥

॥७॥

 

साह्रै दुष्ट भयो कलीयुग रुखो; माया दया छैननी। 

बाबा श्री जननी र मान्य जनमा; अमान्यता फन्फनी॥ 

गम्यागम्य कतै विचार नगरी; भोगी विलासीहरू। 

जानेछन् नरकै ति कष्ट सहदै; दुष्टात्म पापीहरू॥

॥८॥

 

कामै क्रोध र लोभले जगतमा; संसार मास्ने भयो। 

मेरो के धरमै विचार नगरी; सर्वस्व खाँदै गयो॥ 

राष्ट्रैको धरमै विनाश गरने; यैकाम क्रोधै भयो।

नेपाली भूमिको त हिन्दु धरमै; खाने भयो लोभयो॥

॥९॥ 

हरि ॐ

विश्व हिन्दू महासंघ, जिल्ला शाखा रुपन्देहीद्वारा प्रकाशित ॐ ज्ञानज्योति द्विमासिक पत्रिका, अंक ९१, २०७९ को पृष्ठ ४४ मा प्रकाशित रचयिता म स्वयम् देवकीनन्दन भण्डारीद्वारा रचना गरिएको कविता।

Post a Comment

0 Comments