हार्दिक बधाई !! तथा साधुवाद

आज मिति २०७९/०५/२४ गते शुक्रबारका दिन गुल्मी जिल्ला सत्यवती गाउँपालिका-६ जोहाङ ढाबमा जन्मिनु भई हाल देवदह नगरपालिका ७ शीतलनगर निवासी श्री देवकीनन्दन शरण भण्डारीज्यूले यस संस्कृत माध्यमिक विद्यालय रिडीमा अध्ययनरत १६५ जना छात्रछात्रालाई शैक्षिक सामाग्रीहरु वितरण गर्नुभयो।

लामो समयसम्म शिक्षणसेवा गर्नु भएका भण्डारीज्यूले गुल्मीका दर्जनौं सामुदायिक विद्यालयहरूमा यस प्रकारका काम गर्दै आउनुभएकोमा हामी उहाँप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। शैक्षिक सामग्री वितरण कार्यक्रमको अध्यक्षता वि.व्य.स. अध्यक्ष श्री रामलाल वि.क.ज्यूले गर्नुभयो। प्रमुख अतिथिका रूपमा श्री देवकीनन्दन शरण  भण्डारी, विशिष्ट अतिथिका रूपमा रुरु संस्कृत विद्यापीठका प्राचार्य उपप्राध्यापक खगेश्वर गौतमज्यू रहनुभयो।

अतिथिका रुपमा रुरु संस्कृत विद्यापीठका सहप्राध्यापक डा. मोहनीलाल नेपाल रहनुभयो। शिक्षक अभिभावक संघका अध्यक्ष श्री परमानन्द ज्ञवालीज्यूले शुभकामना मन्तव्य सहित यो विद्यालय ज्ञान विज्ञानको समन्वयात्मक केन्द्रका रूपमा यसको विकास गर्नुपर्ने कुरा व्यक्त गर्नु भयो। विद्यालयका सहायक प्रधानाध्यापक श्री कृष्णप्रसाद भट्टराईज्यूले  स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो। विशिष्ट अतिथिका रुपमा मन्तव्य राख्नुहुँदै उपप्राध्यापक खगेश्वर गौतमज्यूले आफूले अध्ययन गरेको विद्यालयमा  उपस्थित हुन पाँउदा प्रशन्नता प्रकट गर्नुहुँदै विद्यालयले सञ्चालन गरेको आवासीय गुरुकुलको क्षमता विकास र यसको सुदीर्घकाल  सञ्चालनका लागि रुरु संस्कृत विद्यापीठ, विद्यापीठ विकास समिति परिवार सहकार्य गर्न सधै प्रतिबद्ध रहेको कुरा उल्लेख गर्नुभयो।

विद्यालयका तर्फबाट प्रमुख अतिथिज्यूलाई प्रशंसापत्र प्रदान गर्नुहुदै अध्यक्ष श्री रामलाल वि.क.ज्यूले  देवकीनन्दन भण्डारीको सुकर्मको प्रशंसा गर्नुभयो। संस्कृत विद्याको संरक्षण आफ्नो पहिलो ध्येय रहेको कुरा प्रस्तुत गर्नुभयो। विद्यालयका प्र.अ. श्री माधव ज्ञवालीज्यूले प्रमुख अतिथि लगायत सहयोगी मनहरुलाई उच्च सम्मानका साथ धन्यवाद व्यक्त गर्नुभयो।

गुरुकुलका आचार्य सहित ब्राह्मणवटुहरुले सुमधुर वैदिक स्वस्तिवाचन, संस्कृतमा स्वागतगीत समेत प्रस्तुत गर्नुभयो। विद्यालयका शिक्षक श्री धनञ्जय भण्डारीज्यूले कार्यक्रमको सञ्चालन  गर्नु भएको थियो। अतिथिद्वय श्री देवकीनन्दन भण्डारी तथा प्राचार्य खगेश्वर गौतमज्यूले आर्थिक सहयोग समेत घोषणा गर्नुभयो। कार्यक्रमको अन्तिम सत्रको अध्यक्षता गर्नु भएकी वि.व्य.स. सदस्य श्री निर्मला पाण्डेयज्यूले संस्कृत विद्यालयको शिष्ट सामाजिक परिचय सुरक्षित गर्नुपर्ने कुराको स्मरण गराउदै सहयोगीप्रति आभार समेत प्रकट गर्नुभयो। कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, सहयोगी अतिथिगणलाई विद्यालय परिवार हार्दिक साधुवाद प्रकट गर्दछ।

वन्दे संस्कृतमातरम् ।

संस्कृत मा.वि. रिडी गुल्मीको फेसबुक वालबाट











Post a Comment

0 Comments