श्री जोहाङ्ग रञ्जित प्रसाद लालचन रुद्रावती माध्यमिक विद्यालय, सत्यवती–६, परमानन्दनगर, गुल्मीको ५०औँ वार्षिक उत्सव (स्वर्ण जयन्ती)को यस भव्य अवसरमा पूर्व शिक्षक तथा अभिभावकको हैसियतले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
आधा शताब्दीको गौरवपूर्ण यात्रामा विद्यालयले शिक्षालाई मात्र होइन, संस्कार, अनुशासन, चरित्र र जीवनदृष्टिकोण प्रदान गर्दै हजारौँ विद्यार्थीलाई उज्यालो भविष्यको बाटो देखाउँदै आएको छ। यस शिक्षालयको विकास, उन्नति र यशमा समर्पित शिक्षक, विद्यालय परिवार, स्थानीय समुदाय, अभिभावक तथा यहाँबाट शिक्षाप्राप्त विद्यार्थीहरूको निरन्तर योगदान प्रशंसनीय छ।
विद्यालयमा शिकाइएका मूल्य, समर्पण, धैर्यता र कर्तव्यबोधले विद्यार्थीहरूलाई जीवनका विभिन्न आयाममा सक्षम, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउँदै राष्ट्रको सेवा, समाजको विकास र मानवताको उन्नतिमा योगदान पुर्याइरहेको देख्दा गर्व लाग्छ।
स्वर्ण जयन्तीको यो महत्त्वपूर्ण चरणले विद्यालयलाई अझै सक्षम, प्रविधिमैत्री, गुणस्तरीय र आधुनिक शिक्षण–अधिगम वातावरण निर्माण गर्न प्रेरणा र ऊर्जा प्रदान गरोस्। विद्यालयको प्रतिष्ठा, गौरव र पहिचान आगामी पुस्तामा अझै उज्यालो बन्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछु।
.png)
0 Comments